+
+
Shares

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) तोकेको छ।
  • सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
  • हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ देखि सकिँदैछ।

१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ ।

मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् ।

हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए ।

त्यसअघि डेपुटी सीईओ रहेका कँडेललाई नै बैंकले कामु सीईओको जिम्मेवारी दिई पछि सीईओ नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?