+
+
Shares

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे (तस्वीरहरू)

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर १७ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको राष्ट्रिय सभा गृहमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ।
  • ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई घिसिङले सम्बोधन गर्ने बताइएको छ।
  • पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेको छ।

१७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ ।

ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।

सभामा सहभागी हुन मन्त्री घिसिङ भर्खरै पुगेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?