+
+
Shares

‘परान’ को दबदबाबीच ‘अभिमन्यु’ र ‘धुरन्धर’ को शो संख्या कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोसल-थ्रीलर फिल्म 'अभिमन्यु : च्याप्टर वन' विहिबार देशब्यापी ८६ शो पाएको छ र प्रदर्शनको आधारमा थप शो निर्धारण हुनेछ।
  • 'परान' फिल्म छैटौं सप्ताहन्तमा पनि देशब्यापी ९० शोसहित प्रदर्शन भैरहेको छ र यसले १६ करोड ग्रस कमाएको छ।
  • रणवीर सिंह र संजय दत्त स्टारर हिन्दी फिल्म 'धुरन्धर' शुक्रबार देशब्यापी १६१ शो पाएको छ र हलमा प्रदर्शन हुँदैछ।

काठमाडौं । विहिबार र शुक्रबार दुई नयाँ कथानक फिल्म हलमा रिलिज हुँदैछन् । कामेश्वर चौरासिया स्टारर सोसल-थ्रीलर ‘अभिमन्यु : च्याप्टर वन’ विहिबार आउँदैछ भने रणवीर सिंह स्टारर हिन्दी फिल्म ‘धुरन्धर’ शुक्रबार लाग्नेछ ।

यस्तोमा, ‘परान’ पनि छैटौं सप्ताहन्तमा चल्नेछ । हलले फिल्मको स्टारकास्ट र पब्लिसिटीको सूचकको आधारमा नयाँ फिल्मको शोज प्रकाशित गरेका छन् । चल्दै गरेका फिल्मको अकुपेन्सीको आधारमा पनि शो आइपुगेको छ ।

हलमा ‘परान’ को दबदबा चलिरहँदा आउन लागेको सुशान्त गौतम निर्देशित फिल्म ‘अभिमन्यु’ ले देशब्यापी ८६ शो पाएको छ । विहिबार फिल्मले त्यति शो पाएपनि शुक्रबार र शनिबार पर्फमेन्सको आधारमा पुनः शो तय हुनेछ ।

हलले नयाँ फिल्मको एड्भान्स टिकट बिक्री खुलाइसकेका छन् ।

‘परान’ को शो संख्या उल्लेखनीयरुपमा ड्रप भैसकेको छैन । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मले विहिबार देशब्यापी ९० शो पाएको छ । छैटौं सप्ताहन्तमा परानको यो शो होल्ड संख्या सशक्त हो, जुन फिल्मले घरेलु बक्सअफिसमा १६ करोड ग्रस कमाउँदै वर्ष २०८२ को सर्वाधिक कमाउने रेकर्ड राखेको छ ।

यस्तोमा, रणवीर सिंह र संजय दत्त स्टारर एक्सन ड्रामा ‘धुरन्धर’ ले शुक्रबारको लागि देशब्यापी १६१ शोज पाएको छ । अहिले हलमा हर्ष, तेरे इश्क मेँ, विकेड, जारी २, मनबिनाको धन र जेरी अन टप पनि प्रदर्शन भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?