News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेनगेट इन्टरनेसनल कलेजले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेजलाई ३४-१७ ले पराजित गर्यो।
- ल्यान्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २२-२१ को झिनो अन्तरले हरायो ।
- प्रतियोगितामा कूल ५ टिम सहभागी छन् र फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।
१७ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले ब्लुबर्ड कलेजलाई २२-२१ को झिनो अन्तरले हरायो ।
यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले जेभियर इन्टरनेसनल कलेजलाई ३४-१७ ले पराजित गर्यो ।
गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १६ अंक स्कोर गरिन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेल कान्जिरोना नेसनल कलेज र ल्यान्डमार्क एकेडेमीबीच हुनेछ भने गोल्डेनगेट इन्टरनेसनल कलेज र ब्लुबर्ड कलेजबीच दोस्रो खेल हुनेछ ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा सोमबारदेखि सुरु भएको यस प्रतियोगितामा कूल ५ टिम सहभागि छन् ।
सिंगल राउण्ड रोविनको आधारमा खेल भएपछि शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनल खेलेनछन् । सेमिफाइनल विजेता दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।
प्रतिक्रिया 4