+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
58/2 (8.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

एमाले महाधिवेशनको तयारी सुरु, उपमहासचिवले निरीक्षण गरे उद्घाटननस्थल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ।
  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले भक्तपुरको सल्लाघारीस्थित उद्घाटनस्थल निरीक्षण गरेको छ।
  • महाधिवेशनमा करिब दुई हजार ५०० प्रतिनिधि र उद्घाटन सत्रमा एक लाख ५० हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।

१८ मंसिर, भक्तपुर । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।

महाधिवेशनको उद्घाटननस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गरेको छ ।

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् ।

उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए ।

उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरू कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए ।

उनका अनुसार मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ ।

पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?