१९ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भएर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेको खुलेको छ ।
हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको छ । उनले पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
३१ चैत २०८१ मा लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेको एक घरमा दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर भएको थियो । बाहिरबाट ताला लागेको उक्त घरको ढोका प्रहरीले फोडेर हेर्दा भित्र महिलाको शव भेटिएको थियो ।
आफू सत्ुने बक्स पलङको मुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव भेटिएको थियो । हत्या गरेर बक्स पलङ मुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो ।
८ महिनादेखि फरार उनै बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ ।
अनुसन्धानको क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको व्यक्ति रहेको खुलेको छ । यसअघि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए ।
यो घटनामा उनी कारागार चलान भएका थिए । भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले बताएको छ ।
प्रतिक्रिया 4