+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

मधेशमा सरकार गठन : समय घर्किन लाग्दा पनि सात दलीय गठबन्धनमा जुटेन सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारमा मुख्यमन्त्री दाबीका लागि सात दलीय गठबन्धनमा सहमति हुन सकेको छैन।
  • कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलले मुख्यमन्त्री दाबी गर्दै आएका छन्।
  • प्रदेश प्रमुखले मंसिर १९ गते साँझ ५ बजेसम्म दाबी पेस गर्ने समय तोकेको छ।

१९ मंसिर, जनकपुरधाम । मधेश सरकारमा दाबी पेश गर्न २ घण्टा समय मात्रै बाँकी रहँदासम्म समेत सादलीय गठबन्धनमा सहमति हुन सकेको छैन ।

सात दलीय गठबन्धनमा मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनलले दाबी गर्दै आएका छन् ।

बिहीबार मध्यान्नदेखि अबेर साँझ ८ घण्टा बैठक चलेको थियो भने आज पनि बिहानैदेखि सात दलीय गठबन्धनको बैठक जारी छ । यादव र सोनलको अडानको कारण अहिलेसम्म सहमति हुन नसकेको एक प्रदेश सांसदले बताए ।

यद्यपि अबको २ घण्टाभित्र कुनै एक नाममा सहमति गर्ने प्रयास भइरहेको र त्यसअनुसार नै दाबी प्रस्तुत गर्ने ती सांसदको भनाइ छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले गत मंसिर १७ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले आज शुक्रबार ५ बजेसम्मको लागि दाबी पेसको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?