+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
83/5 (13.2)
Shares

विदेश र बाहिरी जिल्लामा रहेकालाई मताधिकार सुनिश्चित गर्न उज्यालो पार्टीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १७:०३

१९ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले विदेशमा रहेका र बाहिरी जिल्लामा रहेका मतदातालाई मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेर उज्यालो नेपाल पार्टीले रोजगार, अध्ययन, पेशा व्यवसाय गर्ने नागरिकलाई मतदानको व्यवस्था गर्न आयोगसँग माग गरेको छ ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन गरेको परमादेशको समेत आयोगलाई ध्यानाकर्षण गराइएको प्रवक्ता डा.राजु थापाले जानकारी गराए ।

फिलिपिन्स, मेक्सिको लगायतका देशमा ‘आइ भोटिङ’ प्रणाली मार्फत विदेशमा रहनेलाई मतदान गर्ने व्यवस्था गरिएको हुँदा नेपालले पनि उक्त प्रणाली लागु गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराइएको छ ।

सरकारी थिंक ट्याङ्क नीति अनुसन्धान प्रतिष्ठान र नेपाली डायस्पोराको सक्रिय सहभागितामा बनेको अन्तर्राष्ट्रिय थिंक ट्याङ्क नेपाल पोलिसी इन्स्टिच्युटको अध्ययनहरूलाई आधार मानेर आयोगले मतदानको व्यवस्था गर्नसक्ने तर्फ सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?