+

फेरानको ह्‍याट्रिकमा बार्सिलोनाको जित

२०८२ मंसिर  २१ गते ९:१४ २०८२ मंसिर २१ गते ९:१४
फेरानको ह्‍याट्रिकमा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५-३ गोलअन्तरको जित हासिल गरेको छ ।

बेटिसको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फेरान टोरेसले ह्‍याट्रिक गरे भने रुनी बार्डगी र लामियन यमालले १-१ गोल गरे । बेटिसका एन्टनी, डियगो लोरेन्टे र कुको हर्नान्डेजले १-१ गोल गरे ।

खेलमा अग्रता बेटिसले नै लिएको थियो । छैटौं मिनेटमा एन्टनीले गोल गर्दै अग्रता दिलाएका थिए । ११औं मिनेटमा फेरानले बराबरी गोल गरे भने त्यसको दुई मिनेटमै अर्को गोल गरेपछि बार्सिलोनालाई अग्रतामा ल्याए ।

३१औं मिनेटमा रुनीले गोल गर्दै बार्सिलोनाको अग्रता अझ बढाए । ४०औं मिनेटमा फेरानले ह्‍याट्रिक गरेपछि बार्सिलोना पहिलो हाफमै ४-१ ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ५९औं मिनेटमा लामियन यमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ५-१ को अग्रतामा पुर्‍याए ।

८५औं मिनेटमा लोरेन्टेले बेटिसका लागि गोल फर्काए भने ९०औं मिनेटमा कुकोले पेनाल्टीमार्फत गोल गर्दै गोलअन्तर घटाए ।

जितपछि शीर्षस्थानको बार्सिलोनाको १६ खेलमा ४० अंक भएको छ । बेटिस २४ अंकसहित पाँचौं स्थानमा छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय