News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले करसहित लाभांश पाउने छन्।
- लाभांश वितरणको निर्णय आगामी साधारणसभामा लैजाने र स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ।
२१ मंसिर, काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।
यो लाभांश करसहित हो । सञ्चालक समितिको लाभांश वितरणको निर्णय आगामी साधारणसभामा लैजाने र सो सभाबाट स्वीकृत भएपश्चात वितरण हुने बैंकले जनाएको छ ।
यसपटक बैंकले बोनस सेयर दिने छैन । गत आर्थिक वर्ष बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4