+
+
Shares

मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सर्वोच्चको आदेश पाएको १५ देखि १६ मंसिरसम्म मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले मधेश सरकारमा महत्त्वपूर्ण नियुक्ति र सरुवा भएको खुलासा भएको छ । मधेश प्रदेश सरकारका ११औं तहका सहसचिवसहित पाँचौ तहका ३८ जना कर्मचारीको सरुवा गरिएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर २१ गते १२:५६

२१ मंसिर, जनकपुरधाम । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले कर्मचारी सरुवा र नियुक्तिमा चलखेल गरेको पाइएको छ ।

सर्वोच्चको आदेश पाएको १५ देखि १६ मंसिरसम्म मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले मधेश सरकारमा महत्त्वपूर्ण नियुक्ति र सरुवा भएको खुलासा भएको छ । मधेश प्रदेश सरकारका ११औं तहका सहसचिवसहित पाँचौ तहका ३८ जना कर्मचारीको सरुवा गरिएको छ ।

गत १५ मंसिरमा सर्वोच्चको परमादेश पश्चात् मुख्यमन्त्री यादव नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो ।

बैठकले निमित प्रमुख सचिवमा उघोग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव जयकुमार घिमिरेलाई तोकेको थियो । उनलाई आफ्नो साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रमुख सचिव मदन भुजेल ११ मंसिरमा मुख्यमन्त्री कार्यालयबाट रमाना भएपछि सो पद रिक्त रहेको थियो ।

घिमिरेलाई निमित प्रमुख सचिव तोकेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणिकरण कार्यालयका प्रशासन सेवाका नवौं तहका उपसचिव रोहित कोइरालाले गरेका छन् ।

उनको प्रमाणीकरणमा एघारौं तहका सचिव प्रमुख सचिव भएका हुन् । मधेश प्रदेशमा उपसचिवले क्याबिनेटको निर्णय प्रमाणिकरण घटना पहिलो भएको कर्मचारीहरुको दाबी छ । यद्यपि निमित प्रमुख सचिव घिमिरेले कार्यालयमा वरिष्ट कर्मचारी जतिसुकै तहका भएपनि निमित्तको आधारमा निर्णय प्रमाणीकरण गर्न पाउने भएकाले सोही बमोजिम भएको दाबी गरे ।

कार्यालयमा जिम्मेवार सचिवहरू नरहेको अवस्थामा सिनियर कर्मचारी आफू नै रहेकाले निमित्तको जिम्मेवारीमा क्याबिनेटको प्रमाणिकरण गरेको उपसचिव कोइरालाले बताए ।

‘सचिवहरू हुनुहुन्नथ्यो । म नै सिनियर कर्मचारी थिएँ । त्यस कारण निमित भएको आधारमा मलाई नै प्रमाणीकरण गर भनेपछि क्याबिनेटको निर्णय प्रमाणिकरण गरेको हुँ,’ उनले भने ।

यस्तै सोही क्याबिनेटले मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओम अर्याललाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको छ । संघीय सरकारको ११ औं तहका सचिव अर्याललाई मुख्यमन्त्री कार्यालयको अतिरिक्तमा राख्ने निर्णय गरेको छ ।

उनको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारीमा कार्यालयमा अतिरिक्त समूहमा रहेका सो भन्दा कनिष्ठ प्रदेशका ११ औं तहका सहसचिव डा. प्रमोद कुमार यादवलाई दिने निर्णय गरेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?