+
+
Shares

विज्ञहरूलाई लगानी बोर्डमा सदस्य राख्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बोर्डमा विज्ञहरूलाई सदस्यका रुपमा राख्ने तयारी भइरहेको बताए।
  • ज्ञवालीले १७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेको र केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिनुभयो।
  • नेपालमा लगानी वातावरण सुधार हुँदै गएको र निजी क्षेत्रले कानुनी अप्ठ्यारा सहज बनाउनुपर्ने माग राखेको ज्ञवालीले बताउनुभयो।

२१ मंसिर, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले बोर्डमा विज्ञहरूलाई सदस्यका रुपमा राख्ने तयारी गरिएको बताएका छन् ।

‘लगानी बोर्ड रिर्फमको प्रक्रियामा छ, विज्ञहरूलाई सदस्यमा राख्ने तयारी भइरहेको छ’ उनले भने ‘नेपालमा लगानी बढाउनका लागि अफठ्यारोमा परेका विषयलाई सम्बोधन गर्दै सहज वातावरण बनाउन बोर्ड तयार छ ।’

आइतबार नाफिजको साधारणसभामा बोल्दै ज्ञवालीले यतिबेला केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालबाट हात झिक्छौँ नभनेको बताए । नेपालमा लगानी गर्नका लागि लगानीकर्ता उत्साहित रहेको उनले बताए ।

‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्’ उनले भने ‘तर, हालसम्म लगानी गर्न चाहेका लगानीकर्ताले हात झिक्छौँ भनेका छैनन् । बरु नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित रहेका छन् ।’

अहिले गेम चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनमा रहेकाले ती प्रोजेक्ट फाइनल हुन लागेको उनले बताए । जेनजी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएको ज्ञवालीको भनाइ छ ।

‘लगानीकर्ताहरूले जुन सर्त राखेर नेपाल आउने तयारी गरेका छन्, ती सम्झौता भइसकेपछि भोलिका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी छ’ उनले भने । निजी क्षेत्रले नेपालमा लगानीको वातावरण बनाउनका लागि कानुनी विषय र अप्ठ्यारा पाटालाई सहज बनाउनु पर्ने माग राखेको उनले बताए ।

‘सरकारले कुन कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुन कुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरी बोर्ड अगाडि बढेको छ’ ज्ञवालीले भने ‘प्रतिस्पर्धाको फ्रेमवर्कभन्दा बाहिर रहेर कुनै पनि प्रोजेक्ट नदिने अप्रोच बोर्डले अगाडि बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?