+
+
Shares

फेरि बढ्यो अन्डाको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले १३ मंसिरमा बढाएको अन्डाको भाउ मंगलबारदेखि फेरि प्रतिक्रेट २० रुपैयाँले बढाउने निर्णय गरेको छ।
  • नयाँ मूल्य अनुसार सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८०, ठूलो अन्डा ५ सय ६५ र मध्यम अन्डा ५ सय ५० रुपैयाँ पुगेको छ।
  • संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम र माग बढी भएकाले भाउ बढेको खुलाउनुभयो।

२२ मंसिर, काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।

१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो  अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।

मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?