+
+
Shares

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ मंसिर २२ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन्।
  • मुख्यमन्त्री यादवले बेथितिहरू हटाएर सुशासन कायम गर्ने र विकासका चुनौतीहरू सामना गर्ने बताए।
  • शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने र मन्त्रीमण्डल विस्तार गर्ने बताएका छन्।

२१ मंसिर, रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको गठबन्धन कायम रहने बताएका छन् ।

रौतहटको गौरमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सात दलीय गठबन्धन मजबुत रहेको र एकजुट भएर काम गर्ने बताए ।

गठबन्धनको छलफलकै आधारमा मन्त्रीमण्डल विस्तार गर्ने समेत उनले बताए । स्वागत कार्यक्रममा बोल्दै उनले मधेशमा रहेको बेथितिको अन्त्य गर्न आफूले ठोस कदम चाल्ने बताए ।

‘यस प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशको विकासका लागी सबै किसिमका चुनौतीहरूको सामना गर्दै म अगाडि बढ्नेछु ।’

उनले मधेशमा समस्याको चाङ रहेको चुनौतीहरूलाई पार गर्दै रोकिएका विकासका योजनाहरू अगाडि बढाउने र नयाँ योजना तथा रणनितिलाई अगाडी ल्याउने बताए ।

शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने समेत उनले बताए ।

मधेश प्रदेशको छैंठौ मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाले पछि आज गृहजिल्ला रौतहटका आएका यादवले विभिन्न शक्तिपीठहरूमा पूजा अर्चना समेत गरेका छन् ।

मुख्यमन्त्री यादवलाई स्थानियहरुले जिल्लाका अलग अलग स्थानमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?