News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा १७ वर्षीया अबिना दनुवारको शव फुलकुमारी महतो माध्यमिक विद्यालय छेउको झाडीमा फेला परेको छ।
- प्रहरीले अबिनाको हत्या र बलात्कार भएको आशंका गरेको छ।
- अबिनाले साथीको घरमा मोबाइल चार्ज गर्न गएको र राति घर नफर्किएको प्रहरीले बताएको छ।
२२ मंसिर, जनकपुरधाम । सिरहामा एक किशोरीको शव फेला परेको छ । कर्जन्हा नगरपालिका -१ मुसहरु दनुवार वैद्यको छोरी १७ वर्षीया अबिना दनुवारको शव फेला परेको हो ।
घटनास्थलको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
आज दिउँसो ३ बजेतिर बन्दीपुर स्थित फुलकुमारी महतो माध्यमिक विद्यालयको छेउको झाडीमा शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता रमेश पालले जानकारी दिए ।
डीएसपी पालका अनुसार गएराति ८ बजे अविना साथीको घरमा मोबाइल चार्ज गर्छु’ भनेर निस्केकी थिइन् । तर अबेर रातिसम्म उनी घर आइनन् ।
खोज तलासको क्रममा आज दिउँसो उनको शव फेला परेको हो । किशोरीको बलात्कार पश्चात हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
पोस्टमार्टम पश्चात् मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4