News Summary
Generated by OK AI. Editorially reviewed.- आर्या इन्टरटेन्मेन्ट प्रालिको फिल्म ‘आबाट आमा’ को टिजर सार्वजनिक भएको छ।
- टिजरले विदेशिन लागेको छोराप्रति बुबाआमाको माया प्रस्तुत गरेको छ।
- पल शाहले छोराको भूमिका निर्वाह गरेका छन् र प्रदीप रावतले बुवाको भूमिका निभाएका छन्।
काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आबाट आमा’ को टिजर सार्वजनिक भएको छ ।
टिजरले कथावस्तुबारे दर्शाउँछ । विदेशिन लागेको छोराप्रति बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।
टिजरमा पल शाहले छोराको भूमिका निर्वाह गरेका छन्, जसले सिरानीमाथि पासपोर्ट राखेर सुतेको देखिन्छ । चर्चित बलिउड फिल्म ‘गजिनी’ मा भिलेनको भूमिका निर्वाह गरेका प्रदीप रावतले बुवा र विपना थापाले आमाको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित विष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन् । बालकलाकारमा समाइरा थापा र शान अधिकारी छन् ।
लगानी कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुवँर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् । कार्यकारी निर्मातामा करणसिंह रसाइली छन् ।
प्रतिक्रिया 4