News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ८ औं तुल्सीलाल स्मृति टिम चेस खेलमा महालक्ष्मी नगरपालिकाको टिमले दोस्रो दिनसम्म पूर्ण अंक जोडेर शीर्ष स्थान कायम राखेको छ।
- थापाथली चेस पार्कले समान ४ अंक र टाइब्रेक ७.५ प्वाइन्टसहित दोस्रो स्थान सुरक्षित गरेको छ भने ललितपुर महानगरपालिकाले ४ अंक र टाइब्रेक ७ प्वाइन्टसहित तेस्रो स्थान पाएको छ।
- प्रतियोगिता क्यास्पियन भ्याली कलेजमा भइरहेको छ र विजेता टिमले २ लाख, उपविजेताले १ लाख, तेस्रो र चौथोले क्रमशः ६० हजार र ४० हजार पुरस्कार पाउने छन्।
२२ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन्।
महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४-० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४-० को जित निकालेका छन् ।
महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेल द्वयलाई पराजित गरेका छन्।
महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावती माथि जीत दर्तागरि टोलीको ४ अंक बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन्।
यस्तै साविक बिजेता थापाथली चेस पार्कले समान ४ अंक टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेका छन्। पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४-० तथा कास्की जिल्ला संघलाई ३.५ – ०.५ ले पञ्छाएका छन्।
थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिल बहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सबिन चन्द्र घिमिरेले जित बहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन्। पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरीसँग बराबरी खेलेका छन्।
यसैगरी ललितपुर महानगरपालिका टिमले ४ अंक जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेका छन्। ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३-१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४-० ले पराजित हराउन सफल भए।
महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।
महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् भने सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन्। प्रतिस्पर्धामा दोलखा जिल्ला संघले समान ४ अंक जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे भने दोलखा चेस होम्स् ४ अंक टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौं स्थानमा छन्।
दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४-० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराए भने दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला संघलाई २.५ – १.५ स्कोरमा पराजित गरेका छन्।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन भ्याली कलेजमा संचालन भइरहेको प्रतियोगितामा विजेता टिमले २ लाख , उपविजेता टिमले १ लाख तेस्रो र चौथोले क्रमशः ६० हजार ४० हजार पुरस्कार हात पार्ने छन् भने पाँचौ देखि सातौं सम्म हुने प्रत्येक टिमले २५/२५ हजार पाउने छन्।
प्रतिक्रिया 4