+
+
Shares

‘मिसेज भोग नेपाल’को शो-स्टपरमा एलिजे जमाली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौन्दर्य प्रतियोगिता 'मिसेज भोग नेपाल' ले कन्टेन्ट क्रिएटर एलिजे जमालीलाई तेस्रो सिजनको 'शो-स्टपर' को रुपमा नियुक्त गरेको छ।
  • प्रतियोगिताको ग्रान्ड फिनालेमा एलिजे जमालीलाई शो स्टपरको रुपमा देख्न पाइनेछ र अडिसन १२ पुसमा हुने आयोजकले बताएका छन्।
  • एलिजेले यसैवर्ष नेपाली कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीसँग विवाह गरेकी छिन् र उनीहरु टिकटक र रिल्समा चर्चित जोडी हुन्।

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिसेज भोग नेपाल’ ले कन्टेन्ट क्रिएटर एलिजे जमालीलाई तेस्रो सिजनको ‘शो-स्टपर’ को रुपमा नियुक्त गरिएको जनाएको छ ।

सामाजिक सञ्जालबाट एलिजे र प्रतियोगिता आयोजक हाउस अफ फेसन नेपालले यसबारे जानकारी दिएका छन् । दुवै पक्षबीच लिखित सम्झौता भएको छ ।

‘मिसेज भोग नेपाल सिजन ३’ मा हाम्री आफ्नै शोस्टपर अलिजेह जमालीलाई स्वागत गर्न पाउँदा हामी गर्व गर्छौं’ सामाजिक संजाल पोस्टमा भनिएको छ, ‘उनी एक अद्भुत उपस्थिति मात्र होइनन् तर महिला सशक्तिकरणको लागि एक जोशिलो वकालतकर्ता पनि हुन् । उनको आत्मविश्वास र ऊर्जाले हामी सबैलाई प्रेरणा दिन्छ । के हामी हाम्रो कार्यक्रममा उनको अद्भुत आभा चमक देख्न तयार छौं ? आउनुहोस्, उनको लागि ताली बजाउनुहोस् ।’

प्रतियोगिताको ग्रान्ड फिनालेमा जमालीलाई शो स्टपरको रुपमा हेर्न पाइने भएको छ । प्रतियोगिताले मंगलबार अडिसन आह्वान गरेको छ । जसअनुसार, १२ पुसमा अडिसन हुने उल्लेख छ ।

एलिजेले यसैवर्ष नेपाली कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीसँग विवाह गरेकी थिइन् । टिकटक र रिल्समा यो जोडी चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?