२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटघाट गरेका छन् ।
पितृशोकमा रहेका मेयर शाहलाई भेट्न कोइराला मंगलबार दिउँसो उनको निवास पुगेका थिए ।
भेटका क्रममा उनले मेयर शाहको बुवाको निधनप्रति दु:ख व्यक्त गरे ।
मेयर शाहका बुवाको गत मंसिर १५ गते निधन भएको थियो । पिसाब संक्रमण र मधुमेहबाट पीडित शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4