+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
126/5 (17.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

एनसेलको नयाँ ९७१ नम्बर रेन्जको सिम वितरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले मंसिर २२ देखि नयाँ नम्बर रेन्ज ९७१ बाट मोबाइल सिमकार्ड उपलब्ध गराउन थालेको छ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले जेठमा एनसेललाई नयाँ नम्बर रेन्ज वितरण अनुमति दिएको थियो।
  • नयाँ नम्बर रेन्ज राष्ट्रिय नम्बरिङ वितरण योजनाअनुसार जारी गरिएको कम्पनीले जनाएको छ।

मंसिर २२, काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबार (मंसिर २२)बाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बरको सिमकार्ड उपलब्ध गराउन थालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो ।

यो नयाँ रेञ्जका नम्बर प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा यसअघि जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवा अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको कम्पनीले जनाएको छ ।

‘बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं’, एनसेलका चिफ कन्जुमर विजनेस अफिसर उपङग् दत्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?