+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रतिनिधिसभा निर्वाचन : मोरङमा कांग्रेसबाट को–को भए उम्मेदवार सिफारिस ?

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार मोरङ क्षेत्र नम्बर ३ र ६ बाट एकल उम्मेदवारको नाम सिफारिस भएको छ । अन्य क्षेत्रबाट आकांक्षीहरूको नाम सिफारिस भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस मोरङ क्षेत्रीय समितिले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
  • क्षेत्र नम्बर ३ र ६ बाट डा. सुनिल शर्मा र डा. शेखर कोइरालाको एकल उम्मेदवारको नाम सिफारिस भएको छ भने अन्य क्षेत्रबाट बहु उम्मेदवारहरूको नाम सिफारिस भएको छ।
  • क्षेत्र नम्बर ५ मा उम्मेदवारको नाम फाइनल नभएको र सबै क्षेत्रबाट उम्मेदवारको नाम बुधबारसम्म जिल्ला समितिमा आइपुग्ने जानकारी दिइएको छ।

२३ मंसिर, विराटनगर। नेपाली कांग्रेस क्षेत्रीय समिति मोरङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

मोरङमा-६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। क्षेत्रीय समितिले आफ्ना उम्मेदवारको नाम जिल्ला समितिलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार मोरङ क्षेत्र नम्बर ३ र ६ बाट एकल उम्मेदवारको नाम सिफारिस भएको छ । अन्य क्षेत्रबाट आकांक्षीहरूको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइरालाको एकल नाम सिफारिस भएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर-३ मा मेडिकल व्यावसायी डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । कम्युनिष्ट गढ मानिने सो क्षेत्रबाट गत निर्वाचनमा शर्मा नै विजयी भएका थिए ।

मोरङको क्षेत्र नम्बर-१ बाट मोरङ सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू र कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्‍या बस्नेतको नाम सिफारिस भएको छ । लिम्बू सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।

क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस भएको छ। रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ।

२०७४ सालमा रिजाल सोही क्षेत्रबाट विजयी भएका थिए। २०७९ सालमा उम्मेदवार बनेकी सुजाता कोइरालाको नाम भने याे पटक सिफारिस भएन् ।

मोरङको क्षेत्र नम्बर ४ मा कांग्रेस नेता तथा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलिपकुमार गच्छदार, कांग्रेस नेता गुरुराज घिमिरे, क्षेत्रिय सभापति विनोद बस्नेतकाे नाम सिफारिस भएको छ । महिला तर्फ दुर्गा कोइरालाको नाम सिफारिस भएको छ।

मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस गर्ने तयारी छ।

जिल्ला उपसभापति माझीका अनुसार क्षेत्र नम्बर ५ मा उम्मेदवारको नाम फाइनल भइसकेको छैन। सबै क्षेत्रबाट उम्मेदवारको नाम बुधबारसम्म जिल्ला समितिमा आइपुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?