+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

समानुपातिकतर्फ निर्वाचन लड्न १०० दलले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते २०:०१

२३ मंसिर, काठमाडौं । समानुपातिकतर्फ निर्वाचन लड्न एक सय दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले यही मंसिर २१, २२ र २३ गते समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । तय गरेको समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन लड्नेगरी दल दर्ताको निवेदन दिएका हुन् ।

यसमा संयुक्त चुनाव चिह्न लिने दलहरू समेत रहेका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ निर्वाचन लड्नका लागि ९७ वटा निवेदन परेको छ । त्यसमा विभिन्न सात वटा दल फरक–फरक गठबन्धनमा रहेका छन् । गठबन्धनमा रहेका दलहरूले संयुक्त चुनाव चिह्न लिँदैछन् ।

गठबन्धनमा रहेका समेत गरी एक सय दल समानुपातिकतर्फ निर्वाचन लड्न लागेका हुन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ ।

आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?