+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

केयूकेएलको सेवा तीन दिन बन्द हुने, क्षेत्रपाटी र कमलादी शाखाका सेवाग्राहीले नयाँ ग्राहक नम्बर लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ७:१२

२४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का महशुल भुक्तानी लगायतका सेवाहरु तीन दिनसम्म बन्द हुने भएका छन् । यही मंसिर २६ गते शुक्रबार दिउँसो ३ बजेदेखि मंसिर २८ गते आइतबारसम्म सेवा बन्द हुने केयूकेएलले जनाएको छ ।

केयूकेएलले जारी गरेको सूचनामा लेखिएअनुसार क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने भएपछि महाराजगञ्ज र कमलादी शाखाका सफ्टवेयर एकीकरण गर्नुपर्ने भएकाले तीन दिनसम्म सेवा बन्द हुने भएको हो ।

क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा बन्द हुने र २८ गते आइतबार महशुल संकलन काउन्टर र नयाँ धारा जडान लगायतका सेवा पनि बन्द रहने सूचनामा उल्लेख छ ।

साथै शाखा एकीकरणपश्चात क्षेत्रपाटी र कमलादी शाखाका ग्राहकहरुले नयाँ ग्राहक नम्बर लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?