२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका निकायमाथि कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियारलगायतका निकायहरुमाथि कुनै हस्तक्षेप नगरेको दाबी गरेका हुन् । उनले ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको दाबीसमेत गरे ।
उनले सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान रहेको बताए । त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तासमेत भइसकेको उनले बताए ।
उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सबै तयारी गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया 4