+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

बलात्कार आरोपमा पक्राउ परेका साह एमाले महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १३:३३

२४ मंसिर, जनकपुरधाम । जनकपुरधाममा बालिका बलात्कार आरोपमा पक्राउ परेका व्यक्ति नेकपा एमाले महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ ।

एक १४ वर्षीया बालिकालाई होटलमा जबरजस्ती करणी गरेको आरोपमा हिरा भनिने शिवशंकर साह मंगलबार साँझ पक्राउ परेका थिए । उनी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी समेत थिए ।

जकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र नम्बर-३ बाट एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका हुन् ।

बालिकालाई बलात्कार आरोपमा साहलगायत ४ जनाविरुद्ध दुई साता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?