+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

राजमार्ग विस्तार हुने क्षेत्रमा सडक अतिक्रमण नगर्न विभागले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ।
  • पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा २ लेनको नयाँ सडक र पश्चिम आबुखैरेनीसम्म ४ लेनको सडक निर्माण हुँदैछ।
  • नारायणघाट–हेटौडा सडक खण्डमा ४ लेन सडक विस्तार, फ्लाइओभर र सर्भिस लेन निर्माण भइरहेको छ र सीमा अतिक्रमण नगर्न भनिएको छ।

२४ मंसिर, काठमाडौं । सडक विभागले विस्तारको क्रममा रहेका सडकको सीमा अतिक्रमण नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)ले एक सूचना जारी गर्दै सडक सीमा अतिक्रमण नगर्न भनेको हो । खासगरी पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा मुग्लिन बजारदेखि त्रिशुली जलविद्युत् आयोजनाभन्दा पश्चिम नदीपारि गोरखातर्फ २ लेनको नयाँ सडक निर्माणको योजना रहेको छ ।

साथै पश्चिम आबुखैरेनीसम्म भने अहिलेको राजमार्गलाई चौडा गरी ४ लेनको सडक बनाउन लागिएको छ । यस सडकमा सीमा अतिक्रमण नगर्न विभागले भनेको छ ।

अर्कोतर्फ, महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–हेटौडा सडक खण्डको गोन्द्राङ–टिकौली जंगलमा २ किलोमिटर फ्लाइओभरसहित राप्ती नदी पुलसम्म खुला सडक विस्तार गरिँदैछ । यहाँ खुला र जंगल क्षेत्रमा ४ लेन तथा बसोबास भएका स्थानमा थप १/१ सर्भिस लेन विस्तार गरिँदैछ ।

शहरी क्षेत्रमा २/२ सर्भिन लेन, ड्रेन, फूटपाथ तथा पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलसहित स्तरोन्नति गरिँदैछ । यी सडकमा सीमा अतिक्रमण गरी घर टहरा र संरचना नबनाउन सडक विभागले सचेत गराएको छ ।

साथै सडकको सहज निर्माणका लागि विद्युत् पोल, ढल, खानेपानी र सार्वजनिक संरचना स्थानान्तरणका लागि समेत सडक विभागले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?