+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

एमालेको आग्रहपछि नागढुंगा-मलेखु सडक २ दिन पूर्ण सञ्चालन हुने

सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडकखण्ड विस्तार २६ र २७ मंसिरमा दुई दिनका लागि पूर्णरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने जानकारी दिएको छ।
  • सडक विभागले सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन १ पुसदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ।

२४ मंसिर, काठमाडौं । एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ ।

२६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ ।

यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो ।

सोही बमोजिम २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो । सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो ।

सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्न थालेको छ । नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी काम तीव्र बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?