२५ मंसिर, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले व्यवहारमा लागु नगरेसम्म लैंगिक हिंसा हट्न नसक्ने बताएका छन् ।
खेलकुदमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताएका हुन् ।
उनले लैंगिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताए ।
लैंगिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट सुरु गर्न जरुरी रहेको उनको भनाइ छ ।
बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको उनले बताए ।
‘लैंगिक हिंसाको कुराकानी जुन गरिरहेका छौँ । हिंसा हुन नदिन हामीले हाम्रो व्यवहारमा कतिको लागु गरिरहेका छौँ । त्यसमा निर्भर रहन्छ । हामीले हाम्रो जीवन र व्यवहारमा अपनाउने हो भने हिंसा हुँदैन । लैंगिक हिंसा हटाउन हामीले आफ्नो व्यवहारमा लागु नगरेकै कारण यो समस्या आएको हो । बोलेर मात्रै छोड्ने कुराले यो लागु हुँदैन । विभेद्को कुरामा कसरी काम गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । बजेट पनि छुट्याइएको रहेछ, त्यसमा हामी लाग्नेछौं,’ उनले भने ।
मन्त्री गुप्ताले विभेद् अन्त्य गर्न सरकारले बजेट छुट्याएको र त्यसअन्तर्गत कार्यक्रम बनाएर आफू अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4