+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रदीप खड्का, जेमी बेकन स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

६ दशक लामो घरेलु फिल्मको इतिहासमा साइन्स फिक्सन कथावस्तुमा फिल्म बन्ने कार्य दुर्लभ जस्तै हो । त्यो रिक्तता यो फिल्मले पूर्ति गर्ने विश्वास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।
  • फिल्म सन् २०२६ को १७ पुसमा नेपालका थिएटरमा रिलिज हुने जनाइएको छ।
  • फिल्ममा बेलायती अभिनेता जेमी बेकनले अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् र कथा हिमालय क्षेत्रमा आधारित छ।

काठमाडौं । प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ अध्याय १ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पनि ट्रेलर प्रदर्शन गरियो ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । ६ दशक लामो घरेलु फिल्मको इतिहासमा साइन्स फिक्सन कथावस्तुमा फिल्म बन्ने कार्य दुर्लभ जस्तै हो । त्यो रिक्तता यो फिल्मले पूर्ति गर्ने विश्वास छ ।

सन् २०२५ को कान्स फिल्म फेस्टिभलको मार्केटमा पिच गरिएको यो फिल्म अन्ततः नेपालका थिएटरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । १७ पुस अर्थात १ जनवरी, २०२६ मा फिल्म रिलिज हुने जनाइएको छ ।

फिल्ममा प्रदीपसहित बेलायती अभिनेता जेमी बेकन पनि छन् । बेकन नेटफ्ल्क्सि श्रृंखला ‘ह्वाइट लाइन्स’ मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’ मा सहायक भूमिकाका लागि परिचित छन् ।

यो फिल्ममा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । उनी ‘द होर्डर’ र बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि देखा परेका छन् । साथै उनी, नेटवर्कको शो ‘मिस्टर लभरम्यान’मा देखा परे जुन गत जेठ महिनामा ट्राइबेकमा डेब्यु भएको थियो ।

ट्रेलर सुरुवात मुस्ताङको पठारमा देखिएका विजय लामासँगै हुन्छ । उनी हलिउडको चर्चित फिल्म ‘स्टार वार्स’को लोकप्रिय पात्र ड्रोइड्स भनिने एक रोबोट पात्रजस्तै देखिने पात्रसँग एकसाथ छन् ।

ट्रेलरमा प्रदीपलाई संक्षिप्तरुपमा मात्र चित्रण गरिएको छ । बेकनसँगै कवितालाई बेलायती अन्तरिक्षयात्रीको रोलमा देखाइएको छ । एक्लो कविताको डेब्यू फिचर समेत हो ।

यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनी अन्तिम संस्कार र लिजेन्ड अफ द गुर्खाजजस्ता फिचरका लागि परिचित छन् । पत्रकार सम्मेलनमा बोल्दै शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए ।

काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा फिल्म छायांकन गरिएको छ । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ ।

बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए । शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको यो फिल्ममा विजय लामा, कविता नेपाली, बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसीको पनि अभिनय छ । कार्यकारी निर्माता विनोद सुवेदी खत्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?