+
+
WC Series
विराटनगर किंग्स 2025
21/3 (3.6)
VS
९६ बलमा ११४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

हिरक महोत्सवमा ‘होटल एक्स्पो’ गर्दै हान

महोत्सवमा दुई दिने ‘होटल एक्स्पो २०२६’  आयोजना हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल एसोसिएसन नेपालले स्थापनाको ६० वर्ष पूरा भएसँगै २ माघ हिरक जयन्ती मनाउने भएको छ।
  • २ र ३ माघमा दुई दिने ‘होटल एक्स्पो २०२६’ आयोजना हुनेछ जसमा ५० भन्दा बढी स्टल रहनेछन्।
  • कार्यक्रममा ‘नेपाल होटल इयर बुक २०२६’ र सात प्रदेशका मौलिक खानाको ‘फुड बुक’ सार्वजनिक गरिने छ।

२५ मंसिर, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले स्थापनाको ६० वर्ष पुगेको अवसरमा आगामी २ माघ हिरक जयन्ती मनाउने भएको छ ।

उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीबारे चर्चा हुनेछ । हान स्थापना दिवसका अवसरमा दुई वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइने छ ।

सोही अवसरमा २ र ३ माघमा दुई दिने ‘होटल एक्स्पो २०२६’  आयोजना हुनेछ । एक्स्पोमा होटलमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सरसामानका स्टल रहनेछन् भने विभिन्न कम्पनीले प्रायोजकको भूमिका निर्वाह गर्ने हानले जनाएको छ ।

‘टेक पावर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यास जानकारी गराउने छन् ।

होटलहरूमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय सञ्चालन तथा एआई सहित सेवा प्रवाह लगायत विषय कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने हानले जनाएको छ ।

यसैगरी ‘नेपाल होटल इयर बुक २०२६’ का साथै सात प्रदेशका ६० थरीका मौलिक रैथाने खानाको संग्रह ‘फुड बुक’ सार्वजनिक गरिने छ भने आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनालाई उक्त मौलिक परिकारबाट सत्कार गरिने छ ।

कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले अर्थतन्त्रमा पुर्‍याएको योगदान, यसबाट सिर्जित रोजगारी चर्चा गरिने छ ।

पछिल्लो समय देशभरि द्रुत गतिमा नयाँ ठूला होटल खुल्ने क्रमले  व्यापकता पाएको छ । अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटलको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यमात्र नभएर सात प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने हानका अपेक्षा छ ।

कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई सम्मानित गरिने हानले जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्थालाई हानले अपिल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?