+
+
Shares

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा परेकोमा भीम आचार्य असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १८:२०
Listen News
0:00
0:30
🔊

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले आफूविरुद्ध समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना भाग–२ कृति लोकार्पण समारोह’लाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।

‘दुई–दुई वटा मन्त्रिपरिषद्ले पारित गरेर अब चाहीँ वार्ताबाट समस्या टुंग्याऔं भनेर खिलराज (खिलराज रेग्मी नेतृत्व) को मन्त्रिपरिषद्ले पनि त्यसलाई पारित गरेको हो’ नेता आचार्यले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार आचार्यसहित ५५ जनाविरुद्ध विशेष अअदालतमा मुद्दा दायर गरेको छ । त्यसमा एमाले नेता आचार्य पनि परेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएको बेला भ्रष्टाचार गरेको अभियोग लागेको छ । मन्त्री हुँदा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्षका हैसियतले उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

आचार्य सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए ।

नेता आचार्यका अनुसार पहिले नै अख्तियारले यो विषयमा छानबिन गरेको र कैफियत छैन भनेर तामेलीमा राखेर पत्र पठाएको समेत दाबी गरेका छन् ।

‘त्यहाँ त्यतिखेरै अख्तियारमा उजुरी परेर छानबिन गर्दा यसमा केही कैफियत छैन भनेर तामेलीमा राखेर हामीलाई पत्र पठाएको हो,’ अचार्यले भनेका छन्, ‘मन्त्रिपरिषद्ले दुई तीन पटक निर्णय गरेको, पुल्चोकको इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन गरेर रिपोर्ट दिएको र धेरैतिर छलफल गर्दागर्दै यो सबै टुंगिएर नयाँ एग्रिमेन्टको अवस्थामा थियो ।’

आचार्य कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् । उनी विघटित प्रतिनिधिसभा सदस्य पनि हुन् ।

एमाले ११औं महाधिवेशनमा छ । महाधिवेशनमा आचार्य पदाधिकारीमा दाबेदार छन् । तर, यही बेला भ्रष्टाचारको मुद्दा लागेको छ । यसकारण पनि उनी असन्तुष्ट बनेका हुन् ।

आचार्यले अख्तियारले छानबिन गरेर तामेलीमा राखेको भनेर पत्र पहिले नै दिएको पनि दोहोर्‍याएका छन् ।

‘त्यो सबै सन्दर्भमा अख्तियारले पनि तामेलीमा राखियो भनेर पत्र दिएको थियो,’ उनले भने । तर त्यसलाई अहिलेको सरकारले अख्तियारलाई दुई तीन पटक बोलाएर थर्काएर मुद्दा अगाडि बढाउन लगाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?