+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

आईएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ।
  • नियामक बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाको पारितपछि सेयरधनीले बैंक खातामा लाभांश पाउनेछन्।

२६ मंसिर, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

तर यो लाभांश करसहित हो । कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ ।

नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?