News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपाली फिल्म 'पर्मानेन्ट रेसिडेन्ट : पीआर' र 'लोकन्ती' सँगै भारतीय फिल्म 'अखण्ड २ : ताण्डवम' हलमा रिलिज भएका छन्।
- 'पीआर' ले अस्ट्रेलियाको स्थायी आवासीय पत्र पाउन नेपाली विद्यार्थीले गर्ने संघर्ष र धोखाधडीको कथा प्रस्तुत गरेको छ।
- 'लोकन्ती'ले विवाह संस्कृतिमा लोकन्ती राख्ने परम्परा र पारिवारिक प्रेम कथा देखाएको छ।
काठमाडौं । शुक्रबारदेखि नेपाली भाषाका दुईसहित एक दक्षिण भारतीय फिल्म हलमा रिलिज भएका छन् । शोभित बस्नेत निर्देशित ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ र विवाह संस्कृतिबारे बनेको अर्को फिल्म ‘लोकन्ती’ प्रदर्शनमा आएका छन् । भारतीय फिल्म ‘अखण्ड २ : ताण्डवम’ पनि रिलिज भएको छ ।
‘पीआर’ ले अस्ट्रेलियाको स्थायी आवासीय पत्र पाउन नेपाली विद्यार्थीले गर्ने संघर्ष, सम्बन्धमा हुने धोखाधडी लगायतका यथार्थ कथा प्रस्तुत गरिएको छ । अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको यो फिल्मले समसामयिक कथा उठान गरेको छ ।
१२८ मिनेट रनटाइमको फिल्ममा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी लगायतको अभिनय छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
अर्को नेपाली फिल्म ‘लोकन्ती’ सीमित हलमा मात्र रिलिज भएको छ । विवाहमा बेहुलीसँग लोकन्ती राख्ने र केही दिनका लागि बेहुलीको घरमै लोकन्ती पठाउने परम्परामाथि कथा आधारित छ ।
फिल्मले पारिवारिक र प्रेम कथा भन्छ । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । यसमा यशराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभाको अभिनय छ ।
शुक्रबारदेखि भारतीय फिल्म ‘अखण्ड २ : ताण्डवम’ पनि हलमा रिलिज भएको छ । यो एक्सन फिल्ममा एक आध्यात्मिक संसारसँगको सम्बन्धको कथा छ । बोयापति श्रीनु निर्देशित फिल्मको रनटाइम १७० मिनेट छ ।
यो फिल्ममा नन्दमुरी बालकृष्ण, संयुक्ता मेनन, आदि पिनिसेट्टी लगायतको अभिनय छ ।
प्रतिक्रिया 4