अटावा। शनिबारको साँझ क्यानडाको राजधानी अटवामा बसोवास गर्ने नेपाली महिलाहरूले नाचगान गरेर तीज मनाएका छन् । नेपाली नारीहरूको महान चाड तीजमा पतिको दीर्घायूको कामना गर्न विदेशमा पनि नेपाली नागरीहरूले तीन मनाउँदै नाचेका हुन् ।
परिवारसँग टाढिएर विदेशमा बस्न बाध्य नारीहरू एकै ठाउँमा उस्तै पहिरनमा सजिएर नाच्न गाउन पाउँदा छुट्टै आनन्द दिएको सहभागीले बताए । रातो साडी र रातै चोली पहिरिएर गहनाले सजिएका महिलाको भेला देख्दा हरितालिकाको दिनको काठमाण्डौको पशुपतिनाथमा देखिने महिलाहरूको मेलाको स्मरण गराँउथ्यो ।
साना नानीहरू र सम्पूर्ण महिलाहरूले कम्मर मर्कार्इ मर्कार्इ नाचेको देखेपछि उपस्थित पुरूषहरूले पनि आफुलार्इ रोक्न सकेनन् । सबैजनाले नाचेर चेलीबेटीलार्इ हौसला प्रदान गरे ।
घरमा पकाएर ल्याएका सेलरोटी, पुलाउ,लट्टे,खिर,ढकने ,तरकारी, अचार र मिठार्इका परिकार खाएर रमार्इलो गरे । नयाँ तथा पुराना नेपाली तीजका गीतमा कम्मर मर्काइ मर्काइ नाँचे । अटवाको डाउनटाउनस्थित १६० सार्लेट स्ट्रिटको हलमा सम्पन्न कार्यक्रमको आयोजना तारा उप्रेती, चिजु गौतम,मिना शर्मा र लिला न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया 4