२६ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले पूजाअर्चना गरी मधेश भवनको मुख्यमन्त्रीको आवास कार्यालय प्रवेश गरेका छन् ।
गत १९ मंसिरमा ७ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादव ज्योतिषसँग साइत मिलाएर आज पूजाअर्चना गरी सरकारी आवासमा प्रवेश गरेका हुन् ।
यसअघि दुई मुख्यमन्त्री नेकपा एमालेका सरोजकुमार यादव र लोसपाका जितेन्द्र सोनलको कार्यकाल एक महिना भन्दा कम हुँदा आवासमा लामोसमय बस्नै पाएनन् ।
सत्ता गठबन्धनमा भागबण्डा नहुँदा नवनियुक्त मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4