+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका ३६ वर्षीय मुनाप्रसाद जयसवाल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १७:३१
प्रतीकात्मक तस्वीर

२६ मंसिर, काठमाडौं । रौतहटबाट स्रोत नखुलेको ११  लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका ३६ वर्षीय मुनाप्रसाद जयसवाल रहेका छन् ।

इलका प्रहरी कार्याय मौलापुरबाट खटेको प्रहरी टोलीले मौलापुर नगरपालिका-३ लालबकैया बाँधस्थित मौलापुर जयनगर सडकबाट उनलाई नियन्त्रणमा लिएको हो ।

मधेश प्रदेश ०३-०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार जयसवालमाथि शंका गरी चेक गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जयसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?