+
+
Shares

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने

उनका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २०:०३
Listen News
0:00
0:30
🔊

२३ मंसिर, काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।

‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । विभिन्न मिडियामा नेकपा एमालेले विधान संशोधन गर्छकि भन्ने समाचार पनि आएका थिए’ ज्ञवालीले भने, ‘तर, दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?