+

जनकपुरबाट गत संस्करणको उपाधि जितेका दुई खेलाडी आमनेसामने हुँदै

२०८२ मंसिर  २७ गते १२:३४ २०८२ मंसिर २७ गते १२:३४
जनकपुरबाट गत संस्करणको उपाधि जितेका दुई खेलाडी आमनेसामने हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सका हेमन्त धामी र शेर मल्ल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा फरक टोलीबाट आमनेसामने हुँदैछन्।
  • हेमन्त धामी सुदूरपश्चिम र शेर मल्ल लुम्बिनी लायन्सका लागि खेलिरहेका छन् र दुबै टोली फाइनलमा पुगेका छन्।
  • शेर मल्लले ९ खेलमा १४ विकेट लिएर लुम्बिनी लायन्सका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् भने हेमन्तले ६ खेलमा ७ विकेट लिएका छन्।

२७ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्दा टोलीको सदस्य रहेका दुई खेलाडी दोस्रो संस्करणको फाइनलमा आमनेसामने हुँदैछन् ।

जनकपुरबाट उपाधि जितेका हेमन्त धामी र शेर मल्ल यो संस्करण दुई फरक टोलीबाट खेल्दै छन् । हेमन्त सुदूरपश्चिम तथा शेर लुम्बिनी लायन्समा छन् । यी दुवै टोली फाइनलमा खेल्दै छन् ।

यस्तोमा यी दुईमध्ये एक खेलाडीले लगातार दोस्रो उपाधि जित्ने पक्का छ । उनीहरूको टोलीले भने पहिलो उपाधि जित्नेछ ।

मिस्ट्री स्पीनर शेर मल्ल यस संस्करणमा लुम्बिनी लायन्सका लागि ‘एक्स फ्याक्टर’ खेलाडीका रूपमा देखिएका छन् । उनले ९ खेलमा १४ विकेट लिएका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।

शेरले नामिबियन बलर रुबेन ट्रम्पलमनसँग मिलेर विपक्षीको टप अर्डर ध्वस्त पारिरहेका छन् ।

यस्तै सुदूरपश्चिमका पेस बलर हेमन्त धामीले पनि राम्रो बलिङ गरिरहेका छन् । ६ खेलमा उनले ७ विकेट लिएका छन् ।

एनपीएल २०२५ शेर मल्ल हेमन्त धामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय