+

इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसहित चेल्सी र लिभरपुलको जित

२०८२ मंसिर  २८ गते ८:०८ २०८२ मंसिर २८ गते ८:०८
इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसहित चेल्सी र लिभरपुलको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराउँदै १६ खेलमा ३६ अंकसहित शीर्षस्थानमा रहँदैछ।
  • चेल्सीले एभर्टनलाई २-० ले पराजित गर्दै १६ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
  • लिभरपुलले घरेलु मैदानमा ब्राइटनलाई २-० ले हराउँदै १६ खेलमा २६ अंकसहित छैटौं स्थानमा छ।

२८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलसहित लिभरपुल र चेल्सीले जित हासिल गरेका छन् ।

आर्सनलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो । आर्सनलको जितमा दुवै गोल वुल्भ्सबाट आत्मघाती भएको थियो ।

खेलको ७०औं मिनेटमा साम जोनस्टोनबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो । ९०औं मिनेटमा टोनी अरोकोदारेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

इन्जुरी समयमा इर्सन मोसकेराबाट आत्मघाती गोल भएपछि आर्सनल २-१ ले विजयी भयो । जितपछि शीर्षस्थानको आर्सनलको १६ खेलमा ३६ अंक भएको छ । पराजित वुल्भ्स २ अंकसहित पुछारमा छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले एभर्टनमाथि २-० को जित हासिल गर्‍यो । चेल्सीको जितमा कोल पाल्मरले २१औं मिनेटमा तथा मार्क गस्टोले ४०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि चेल्सी १६ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन २४ अंकसहित आठौं स्थानमा छ ।

यता लिभरपुलले पनि घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई २-० ले पराजित गर्‍यो । लिभरपुलको जितमा ह्‍युगो एकिटिकले पहिलो मिनेटमै गोल गरेका थिए भने ६०औं मिनेटमा उनैले दोस्रो गोल गरे।

जितपछि १६ खेलमा २६ अंकसहित लिभरपुल छैटौं स्थानमा छ । ब्राइटन २३ अंकसहित नवौं स्थानमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग चेल्सी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय