News Summary
Generated by OK AI. Editorially reviewed.- कश्मिरे पछ्यौरी गीत १८ जनवरी २०२४ मा युट्युबमा रिलिज भएको थियो।
- टिकटकमाथि प्रतिबन्ध हटेपछि यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको पहिलो नेपाली गीत बन्यो।
- गीतले केही दिनअघि युट्युबमा १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ।
काठमाडौं । ‘कश्मिरे पछ्यौरी’ गीत रिलिज हुँदा नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको अवस्था थियो । रिलिजको बेला यसले सोचेजस्तो भ्यूज पाएन । धेरैलाई यो गीतबारे उति थाहा पनि भएन ।
जतिबेला, टिकटकमाथिको फुकुवा हट्यो, त्यसपछि भने यसको लोकप्रियतामा उछाल आयो । टिकटकमा भाइरल मात्र बनेन, युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बन्यो ।
१८ जनवरी, २०२४ मा युट्युबमा रिलिज भएको यो गीतले युट्युबमा केही दिनअघि १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ ।
निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ । गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो ।
भिडिओमा बाबुकृष्ण र केपिना गोतामेको अभिनय तथा नृत्य छ । मौसम हिमालीको कथा तथा निर्देशनमा भिडियो बनेको हो ।
प्रतिक्रिया 4