+

एन्फा महिला च्याम्पियनसिप माघ २ देखि उदयपुरमा हुने

२०८२ मंसिर  २९ गते १७:०५ २०८२ मंसिर २९ गते १७:०५
एन्फा महिला च्याम्पियनसिप माघ २ देखि उदयपुरमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले माघ २ देखि १० गतेसम्म उदयपुरको थरुहट रंगशालामा महिला च्याम्पियनसिप आयोजना गर्ने जनाएको छ।
  • प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ एफसी लगायत १० टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिताको फाइनल माघ १० गते हुने एन्फाले जानकारी दिएको छ।

२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला च्याम्पियनसिप माघ पहिलो सातादेखि उदयपुरमा हुने भएको छ ।

उदयपुरको थरुहट रंगशालामा माघ २ देखि १० सम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने एन्फाले जनाएको छ ।

नकआउट आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ एफसी, संकटा क्लब, छहारी युवा क्लब,  एफसी रिले, गाइघाट एफसी, न्युरोड टिम, चर्च ब्वाइज युनाइटेड र आरएस रिसोर्ट गरी १० टोली खेल्ने‍ छन् ।

प्रतियोगिताको फाइनल खेल माघ १० गते हुनेछ।

एन्फा महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय