News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन फागुन १, २ र ३ गते महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ।
- महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ र देशभरबाट १५०० जना सदस्य बर्दिवासमा भेला हुनेछन्।
- प्रतिष्ठान लोक तथा दोहोरी गीतका कलाकारको छाता संस्था हो र सातै प्रदेशमा संगठन विस्तार भइसकेको छ।
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ ।
अध्यक्ष रीता थापामगरको संयोजकत्वमा गठित पशुपति शर्मा र सुवास केसी सदस्य रहेको उपसमितिले सोमबार उक्त निर्णय गरेको हो ।
बर्दिवासमा फागुनको १, २ र ३ गते महाधिवेशन आयोजना हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
सातै प्रदेशमा संगठन विस्तार भएको प्रतिष्ठानको पहिलो महाधिवेशन मधेश प्रदेशमा हुन लागेको हो । देशभरबाट प्रतिष्ठानका १५०० जना सदस्य बर्दिवासमा भेला हुनेछन् ।
प्रतिष्ठान लोक तथा दोहोरी गीतका कलाकारको छाता संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4