+
+
Shares
प्रतिनिधिसभा चुनाव :

कांग्रेस डोल्पाबाट कर्ण बुढाको एकल नाम सिफारिस

जिल्ला कार्यसमिति बैठकले बुढाको एकल नाम सर्वसम्मत सिफारिस गरेको कांग्रेस डोल्पाका सचिव हिक्मत बहादुर शाहीले जानकारी दिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते २०:१८

२९ मंसिर, सुर्खेत । नेपाली कांग्रेसले डोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि कर्णबहादुर बुढाको एकल नाम सिफारिस गरेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि जिल्ला कार्यसमिति बैठकले बुढाको एकल नाम सर्वसम्मत सिफारिस गरेको कांग्रेस डोल्पाका सचिव हिक्मत बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार समानुपातिकतर्फ भने तीन जनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिक तर्फ टंकप्रसाद उपाध्याय, जयकुमारी शाही र रमादेवी न्यौपाने रहेका छन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य तर्फ दूधकुमारी हमाल, राजीमान सार्की र जुना मिजारको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?