+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लोकनृत्य प्रतियोगीतामा सुनाखरी एकेडेमी प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते १८:०१

dance-academy
अन्तर विद्यालय लोकनृत्य प्रतियोगीतामा ‘सुनाखरी एकेडेमी धरान १२’ प्रथम भएको छ । धरान जेसिजले जेसिज सप्ताह अन्तर्गत सैनिक भवनमा आयोजना गरेको प्रतियोगीतामा आकर्षक लोकनृत्य प्रस्तुत गरेर प्रथम भएको सुनाखरीलाई कार्यक्रमका प्रमुख अतिथी धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा, धरान जेसिजका अध्यक्ष सुवासचन्द्र सिंह लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

सात विद्यालय सहभागी प्रतियोगीतामा डिपोट स्कुल धरान दोस्रो, हिमालयन ईङ्लीस बोर्डिङ स्कुल बराहक्षेत्र ४ तेस्रो भए भने समिट बोर्डिङ स्कुल धरानले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । धरान जेसिजको ‘जेसिज सप्ताह२०७१’ को पहिलो कार्यक्रमका रुपमा लोक नृत्य प्रतियोगीता आयोजना गरिएको कार्यक्रम संयोजक सुष्मिता खड्काले जानकारी दिइन् ।

कार्यक्रममा गायिका प्राश्ना शाक्यले आफ्नो चर्चित गीत ‘आवाज देऊ मलाई आवाज देउ’ गाएर दर्शकको ताली पाईन् । चर्चित गीतकी गायिकालाई सुनेपछि सैनिक भवनमा सहभागी दर्शकहरुले वान्समोर भन्दै हौस्याँए । कार्यक्रममा धरानकी गायिका अन्जु राईले ‘चौबन्दीमा पटुकी’ र हिन्दी गीत गाएर दर्शकको ताली पाईन् । कार्यक्रममा गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?