+
+
Shares

दश ग्राफमा अर्थतन्त्र

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएपनि मुद्रास्फीतिमा देखिएको गिरावट सुस्त आर्थिक गतिविधिको नतिजा हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १४:४५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथो महिनामा मुद्रास्फीति १.११ प्रतिशत रहेको जनाएको छ।
  • चालु आवको कात्तिकमा कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।
  • चार महिनामा नेपाल सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड रहेको छ।

१ पुस, काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा आर्थिक गतिविधि विस्तार हुन नसकेको देखिन्छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएपनि मुद्रास्फीतिमा देखिएको गिरावट सुस्त आर्थिक गतिविधिको नतिजा हो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको कात्तिकमा कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ बराबर रहेको छ । यस्तो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सो अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर ३ खर्ब १८ अर्ब ४० करोड बचतमा छ ।

गत आवको तुलनामा चालु आवमा कात्तिकसम्म रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ ।

गत आवको तुलनामा चालु आवको चार महिना अवधिमा निर्यात ७७.५ प्रतिशत र आयात १८.७ प्रतिशतले बढेको छ ।

चार महिनामा नेपाल सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड रहेको छ । चालु आवको ४ महिनासम्ममा विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?