+
+
Shares

म्यूजिकल फिल्म ‘बानी’ को टिजर : आर्यन र करुणाको वियोगान्त प्रेमको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म 'बानी' पुस १० गते रिलिज हुने तयारीमा छ।
  • फिल्ममा आर्यनले नेपाली युवाको भूमिका र करुणा श्रेष्ठले सिक्किमेली युवतीको भूमिका निभाएकी छन्।
  • फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ भने निर्देशन सुब्रत आचार्यले गरेका छन्।

काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ । त्यसअघि निर्माताले टिजर सार्वजनिक गरेका छन् ।

सार्वजनिक टिजरमा सिग्देल भिन्न लुक्समाछ छन् । उनीसँगै करुणा श्रेष्ठ पनि फिचर्ड छिन् ।

यो फिल्ममा नेपाली युवा र सिक्किमेली युवतीबीचको बियोगान्त कथा पेश गरिएको छ । आर्यनले नेपाली युवाको भूमिकामा अभिनय गरेका छन् । करुणाले सिक्किमेली युवतीको रोलमा अभिनय गरेकी छन् ।

टिजरले फिल्मको कथावस्तुलाई संक्षिप्तरुपमा दर्शाउँछ । प्रेमपछि आउने उतारचढावलाई रोचक ढंगलबाट प्रस्तुत गरिएको छ । फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर छ ।

फिल्ममा सविन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय छ । फिल्मको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन् । यो फिल्म पुस १० गते रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?