+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते ८:३८

२ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान प्रदान गरिएको छ । यसबारे मोदी स्वयंले आफ्नोे एक्स ह्यान्डलमार्फत् जानकारी दिएका छन् ।

‘मलाई ‘ग्रेट अनर निशान अफ इथियोपिया’ का रूपमा यस देशको सर्वोच्च सम्मान प्रदान गरिएको छ,’ उनले भनेका छन्, ‘विश्वको अति–प्राचीन र समृद्ध सभ्यताद्वारा सम्मानित गरिनु मेरालागि अत्यन्तै गौरवको कुरा हो ।’

प्रधानमन्त्री मोदी जोर्डन भ्रमणका दौरान मंगलवार इथियोपिया पुगेका थिए । इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राजधानी अदिस अबाबामा उनको स्वागत गरेको र आफैं गाडी चलाएर शहरको साइन्स म्युजियम लगेर गएका बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार भारत र इथियोपियाबीच द्विपक्षीय व्यापार र सहयोग बढाउने विषयमा छलफल हुनुका साथै कयौं एमओयूमा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी तीन देशको औपचारिक भ्रमणमा छन् । जोर्डन हुँदै इथियोपिया पुगेका उनी अब ओमान जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?