+
+
Shares

शिखर इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको नाफाबाट ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश समावेश छ।
  • कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

२ पुस, काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत रकम कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?