News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा बुधबार सुकेको प्याजको थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँ कायम छ।
- बुधबार रातो आलुको थोक मूल्य न्यूनतम ३५ देखि अधिकतम ४८ रुपैयाँ पुगेको छ।
- भारतीय रातो आलुको थोक मूल्य बुधबार न्यूनतम २८ देखि अधिकतम ३२ रुपैयाँमा किनबेच भइरहेको छ।
२ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याज र आलुको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले सुकेको प्याज र आलुको भाउ बढेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ५२ र औसत ४९ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै बुधबार आलुको भाउ पनि बढेको छ । मंगलबार रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ३२ देखि अधिकतम ४५ र औसत ३६ रुपैयाँमा किनबेच भएकामा आज बुधबार न्यूनतम ३५ देखि अधिकतम ४८ र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी भारतीय रातो आलु आज प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३२ र औसत २९ रुपैयाँमा किनबेच भइरहेको छ । आलु र प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4