News Summary
Generated by OK AI. Editorially reviewed.- कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कलकत्ता डाइभर्ट भएको छ।
- नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली हात्ती बोकेको विमान कलकत्ताबाट भैरहवा आउनेछ।
- चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ र भैरहवाबाट कतार पुग्न ४ घण्टा लाग्नेछ।
२ पुस, काठमाडौं । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कोलकाता डाइभर्ट भएको छ । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि विमान कोलकाता डाइभर्ट भएको थियो ।
उक्त विमान नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विमान भैरहवामा अवतरण सम्भव नभएपछि कोलकाता डाइभर्ट भएको थियो ।
‘खराब मौसमका कारण विमान अवतरण गर्न सकेन । ७-८ फन्को लगाएपछि पनि मौसम नखुलेपछि जहाज कोलकाता डाइभर्ट भएको थियो,’ उनले भने, ‘अब जहाज केहीबेरमा कोलकाताबाट भैरहवा आउनेछ । त्यसपछि हात्तीलाई कतार पठाइन्छ ।’
उनका अनुसार अहिले हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ । हात्ती बोकेको विमान भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने उनको भनाइ छ ।
खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान चितवनबाट भैरहवा पुर्याइएको थियो ।
प्रतिक्रिया 4